चिनियाँ राष्ट्रपति सीद्वारा थप व्यापार बृद्धिका लागि आग्रह

एजेन्सी, १८ मंसिर । चीनका राष्ट्रपति सी जिनपिङले व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गरेका छन् ।

राष्ट्रपति सीले पनामाको राजधानी पनामा सिटीमा आयोजित  कार्यक्रममा बोल्दै दुई देशबीच सहयोग र समन्वयको बृद्धि गरी साझा विकासका साथ अघि बढ्न आह्वान गरेको जनाइएको छ ।

उनीहरुले दुवै देशका व्यापारिक प्रतिनिधिहरुलाई भेटी आगामी दिनमा यी दुई देशबीचको व्यापारिक साझेदारिता के कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा गृहकार्य गर्न पनि आग्रह गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको बैठक जी–२० मा सहभागी भएर पनामा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टीको

वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ । वीरगन्ज

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको