राहतदाता युएनरावाको भूमिका महत्त्वपूर्ण रहेको संयुक्त राष्ट्रसंघको भनाइ

एजेन्सी, १० असोज । जोर्डन, ब्राजिल र स्पेनले प्यालेस्टेनी शरणर्थीहरुका लागि काम गर्दै आएको युएनरावा महत्त्वपुर्ण भएको बताएका छन् ।

युएनरावा गाजाका लाखौं प्यालेस्टिनी शरणार्थीलाई स्वास्थ्य सेवा, शिक्षा र मानवीय सहायता प्रदान गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युएनरावाको योगदान स्थिर र महत्त्वपुर्ण भएको बताउनुभयो ।

तर, दुई वर्ष अघि सन् २०२३ को अक्टोबरमा इजरायल र गाजाबीच युद्धपछि यसको भूमिका चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ । युद्धयता हजारौं प्यालेस्टिनी विस्थापित भएका छन् र युएनरावा गाजामा मुख्य राहतदाता बनेको छ ।

युएनरावाका प्रमुख फिलिप लज्जारिनीले गाजामा १२ हजार कर्मचारी स्वास्थ्य सेवा र मनोवैज्ञानिक सहयोगमा लागिरहेको बताउनुभएको छ । इजरायलले युएनरावाको काममा अवरोध गर्दै यसको कार्यालयहरू बन्द गरिदिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर