अमेरिकासँग वार्ताका लागि किम तयार

एजेन्सी, ६ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले आफ्नो आणविक हतियार त्याग्नुपर्ने अडान छाडेमा वार्ताका लागि तयार रहेको बताएका छन् ।

प्योङयाङमा भएको सर्वोच्च जनसभामा सम्बोधन गर्दै किमले भने, ‘यदि अमेरिकाले हामीलाई निःशस्त्रीकरण गराउने आफ्नो निरर्थक जिद्दी छोडेर वास्तविकतालाई स्वीकार गर्छ र वास्तविक शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने हामी अमेरिकासँग वार्तामा बस्न नसक्ने कुनै कारण छैन।’ यो जानकारी उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले दिएको हो।

किमले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटबारे पनि कुरा गरे। उनले भने, ‘व्यक्तिगत रूपमा, मलाई अझै पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँगको सुखद सम्झना छ।’

किमको यो भनाइ ट्रम्प र दक्षिण कोरियाका नेता ली जे म्युङले गत महिना ह्वाइट हाउसमा भएको भेटमा उत्तर कोरियाली समकक्षीसँग भेट्न इच्छुक रहेको बताएपछि आएको हो। ट्रम्पले त्यस बेला भनेका थिए, ‘कुनै दिन म उनलाई भेट्नेछु। म उनलाई भेट्न आतुर छु।’ 

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबिचको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। किम जोङ उनकी बहिनी किम यो जोङले यसलाई ‘लापरवाह’ आक्रमणको पूर्वाभ्यासको संज्ञा दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ