निरुता सिंह-उत्तम प्रधान ‘महादशा’को शीर्ष कलाकारमा अनुबन्धित

काठमाडौँ, ३ असोज । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान आगामी फिल्म ‘महादशा’को शीर्ष कलाकारमा अनुबन्धित भएका छन् ।

यी दुई एक्टरसँग निर्माताले लिखित सम्झौता गरेको प्रेषित विवरणमा जनाइएको छ । यी दुई कलाकार कालजयी फिल्म ‘दक्षिणा’को जोडीको रुपमा अहिले पनि लोकप्रिय छन् ।

निर्माता समेत रहेका किरण नेपालीको डेब्यू निर्देशन रहने यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने जनाइएको छ ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मबाट चर्चित हिपहप कलाकार हाकिम गुरुङले पनि अभिनयमा डेब्यू गर्नेछन् । यीबाहेक प्रमोद अग्रहरि र प्रेमा लामगाढे पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने