‘माइतीघर’को ट्रेलर सार्वजनिक

काठमाडौँ, ३ असोज । फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ ।

दसैँको फूलपातीको अवसर पारेर असोजको १३ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा प्रेम, बिछोड, सामाजिक अवरोध र कमेडी छ । मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार घिमिरे, प्रकाश सपूत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङलगायत कलाकारको अभिनय छ ।

रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने