साफ यू-१७ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौँ, २ असोज । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह ए मा आप्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

खेल कोलो्मबोस्थित कोलोम्बो हर्सकोर्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । तीन टोली मात्र सम्मिलित यस समूहमा नेपाल आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्दैछ भने बंगलादेशको पहिलो खेल हुनेछ ।

यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २-० ले पराजित गरिसकेको छ । आजको खेलमा नेपालले बराबरीको नतिजा निकालेपनि सेमिफाइनलमा स्थान पक्का गर्नेछ भने बंगलादेशलाई पराजित गर्न सके समूह विजेता नै बन्नेछ । यदी नेपाल पराजित भएमा भने सेमिफाइनल पुग्न बंगलादेश र श्रीलंकाबीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको