आन्दोलनले रोकिएको ‘जारी २’ भाइटीकामा आउने

काठमाडौँ, १ असोज । जेनजी आन्दोलनले रोकिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माता कम्पनी बाँसुरी फिल्म्सले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । जसअनुसार उपेन्द्र सुब्बा निर्देशित फिल्म तिहारको भाइटीका अवसरमा ६ कात्तिकमा देशब्यापी रिलिज हुनेछ ।

यसअघि सोही मितिमा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ७ कात्तिकमा ‘मैझारो’ पनि आउने तय छ ।

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी २’ दुई वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असाेज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ