अमेरिका र चीनबीच टिकटकमा सहमति

एजेन्सी, ३१ भदौ । अमेरिका र चीनबीच टिकटकलाई लिएर सहमति बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको संकेत दिएको रोयटर्सले जनाएको छ । ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गर्दै युरोपमा अमेरिका–चीनबीचको ठूलो व्यापारिक बैठक धेरै राम्रो भएको र यसमा एउटा विशेष कम्पनीलाई लिएर पनि सम्झौता भएको, जसलाई अमेरिकी युवाहरू बचाउन चाहन्थे, भनेका छन् । रोयटर्सका अनुसार, ट्रम्पले टिकटकलाई लिएर सम्झौता भएको हुन सक्ने संकेत गरेका हुन् ।

टिकटक चीनसँग जोडिएको कम्पनी हो, जसलाई अमेरिकी कानुनअनुसार कि अमेरिकी नागरिकलाई बेच्नुपर्ने वा अमेरिकामा यसको सञ्चालन बन्द गर्नुपर्ने अवस्था थियो ।

ट्रम्पले अगाडि लेखे, “युरोपमा अमेरिका र चीनबीचको ठूलो व्यापारिक बैठक धेरै राम्रो रह्यो । यो चाँडै नै समाप्त हुनेछ । एउटा विशेष कम्पनीलाई लिएर पनि सम्झौता भयो, जसलाई हाम्रो देशका युवाहरू बचाउन चाहन्थे । उनीहरू धेरै खुसी हुनेछन् । म शुक्रबार राष्ट्रपति सी जिनपिङसँग कुरा गर्नेछु । यो सम्बन्ध धेरै बलियो बनेको छ ।”


स्पेनको राजधानी मेड्रिडमा अमेरिका–चीनका अधिकारीहरूबीच आर्थिक र व्यापारिक वार्ताको नयाँ चरण चलिरहेको छ । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र ट्रेड रिप्रेजेन्टेटिभ जेमिसन ग्रियरले गरिरहेका छन्, जबकि चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उप–प्रधानमन्त्री हे लिफेङले गरेका छन् ।

अमेरिका र चीनबीचको सम्बन्धमा धेरै जटिलताहरू रहेको विज्ञहरूले बताएका छन् । व्यापार विवाद, राष्ट्रिय सुरक्षाको चिन्ता र प्राविधिक उद्योगमा बढ्दो तनावले दुवै देशको सम्बन्धलाई झनै कठिन बनाएको छ । यसका बाबजुद, मेड्रिडको वार्तालाई आगामी दिनहरूमा द्विपक्षीय सम्बन्धका लागि महत्त्वपूर्ण कदम मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति