एजेन्सी, १७ मंसिर । ३० नोभेम्बरबाट इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याइको छ ।
फिचरका माध्यमबाट प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम स्टोरीलाई केही साथीसँग शेयर गर्न सक्दछ भने प्रयोगकर्ताको गोपनीयताको पनि सुरक्षा गर्न गर्दछ । प्रयोगकर्ताले अब आफ्ना नजिकका साथीसँग आफ्ना विशेष पल शेयर गर्न सक्नेछन् ।
गर्ने तरीका :
- इन्स्टाग्राम प्रोफाइलको सबैभन्दा माथि रहेको क्लोज फ्रेण्डस्को विकल्प छनोट गर्नुपर्दछ ।
- क्लोज फ्रेण्डको लिस्टमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारका व्यक्तिहरु समावेश गर्न सक्दछन् ।
- उक्त सूचीमा समावेश हुनका लागि अरुले रिक्वेस्ट पठाउन सक्दैनन् ।
- साथै इन्स्टाग्राम प्रयोगकर्ताको क्लोज फ्रेण्ड लिस्टमा को–को छन् भन्ने कुरा प्रयोगकर्ता स्वयंबाहेक अरुलाई थाहा हुँदैन ।





