काठमाडौँ, ३० भदौ । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ ।
चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले एक विज्ञप्ति जारी गर्दै चलचित्रको नयाँ रिलिज मिति बाहिर ल्याएको हो ।
यसअघि चलचित्र भदौ २७ गते प्रदर्शनमा आउने तय भएको थियो । जेनजीको प्रदर्शनका कारण उक्त समय चलचित्र रिलिज हुन नसकेपछि १३ असोजमा आउन लागेको हो ।
‘भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन स्थगित गरेका थियौँ’, सेभेन सिजले अगाडि भनेको छ, ‘तर अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ ।’






