युक्रेनको ड्रोन आक्रमणमा रुसी तेल रिफाइनरीमा आगलागी

एजेन्सी, ३० भदौ । युक्रेनले शनिबार राति रूसमाथि ठूलो ड्रोन आक्रमण गरेको छ । यो आक्रमणमा रूसले युक्रेनका ३६१ वटा ड्रोन खसालेको दाबी गरेको छ । 

यी आक्रमणहरूका कारण रूसको सबैभन्दा ठूलो तेल रिफाइनरीहरूमध्ये एकमा आगो लागेको समाचार संस्था एपीले बताएको छ । रूसको उत्तर–पश्चिमी लेनिनग्राद क्षेत्रमा रहेको किरिसी रिफाइनरीमा शनिबार राति भएको आक्रमणभन्दा केही हप्ताअघि पनि युक्रेनले रूसी तेल पूर्वाधारलाई निशाना बनाएको थियो ।

उत्पादनको हिसाबले किरिसी रिफाइनरी रूसको शीर्ष तीन रिफाइनरीहरूमध्ये एक हो । यसले हरेक वर्ष करिब एक करोड ७७ लाख मेट्रिक टन अर्थात् प्रतिदिन तीन लाख ५५ हजार ब्यारेल कच्चा तेल उत्पादन गर्छ । 

घटनास्थलमा विस्फोट र आगलागी भएको जानकारी प्राप्त भएको युक्रेनका सैन्य प्रमुखले बताएका छन् । उनीहरूले पोस्ट गरेका एउटा तस्बिरमा रातको समयमा आकाशमा आगोको अग्लो लप्का र धुवाँको मुस्लो देखिएको छ । युक्रेनको ड्रोन कमान्डले आक्रमणको पुष्टि गर्दै यसलाई सफल आक्रमण बताएको छ ।

रूसका क्षेत्रीय गभर्नर अलेक्जेन्डर ड्रोज्डेन्कोले किरिसी क्षेत्रमा रातिभरि तीनवटा ड्रोन खसालिएको र यसको भग्नावशेष खसेर रिफाइनरीमा आगो लागेको बताएका छन् । यो घटनामा कुनै हताहत भएन र आगो निभाइएको बताएका छन् । रुसी रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीहरूले युक्रेनका कम्तीमा ३६१ वटा ड्रोन खसालेको बताएको छ । यसमा चारवटा निर्देशित हवाई बम र एक अमेरिकी निर्मित एचआईएमएआरएस मिसाइल पनि समावेश थियो ।
 
यसैबीच, संसारको दोस्रो ठूलो तेल निर्यातकर्ता राष्ट्र भए पनि  मागमा भएको वृद्धि र युक्रेनी ड्रोन आक्रमणका कारण हालैका हप्ताहरूमा रूसमा ग्यासोलिनको अभाव भएको छ । देशका केही क्षेत्रहरूमा इन्धन स्टेशनहरूमा तेलको कमी भएको छ । सवारी चालकहरूलाई लामो लाइन बसेर पर्खनुपरेको बताइएको छ । यो कमीलाई ध्यानमा राख्दै रुसले ग्यासोलिनको निर्यातमा रोक लगाएको छ । 

अधिकारीहरूले सेप्टेम्बर ३० सम्म पूर्णप्रतिबन्ध र अक्टोबर ३१ सम्म व्यापारी तथा बिचौलियाहरूलाई असर गर्ने आंशिक प्रतिबन्धको घोषणा गरेका छन् । एपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको र कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । कञ्चनपुरमा प्रहरीले मध्यराति जुवाखालमा छापा हानेको छ । प्रहरीले छापा हानेपछि जुवाडेहरूबीच भागाभाग भएको छ भने

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु