इन्डोनेसियामा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु

एजेन्सी, २६ भदौ । इन्डोनेसियाका दुई प्रान्तमा आएको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १३ जना हराइरहेका छन् ।

सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण पूर्वी नुसा तेङ्गारा प्रान्त र पर्यटकीय टापु बालीमा बाढी आउनुका साथै र पहिरो गएको छ ।

पूर्वी नुसा तेङ्गाराको नागेकेओ जिल्लामा बुधबार एउटा घर बगाएको र एकै परिवारका तीन जनालाई मृत फेला पारिएको छ । उक्त स्थानमा पाँच जना बेपत्ता भएका छन् ।

बालीको प्रान्तीय राजधानी डेनपासारका प्रहरी प्रमुख मुहम्मद इकबाल सिमातुपाङका अनुसार उद्धारकर्मीहरूले विभिन्न क्षेत्रबाट आठ जनाको मृत शरीर निकालेका छन् भने आठ जना हराइरहेका छन् ।

वर्षाका कारण नदीहरूले तटबन्धलाई कटान गरी बाली क्षेत्रका नौ नगर र जिल्लाहरूमा व्यापक भौतिक क्षति पुगेको छ । 

बाढीसँगै मालीमा गएको पहिरोका कारण माटो, चट्टान र रूख पहाडको बस्तीमा खसेका छन् । नदीहरूले कम्तीमा ११२ वटा बस्तीलाई डुबानमा पारेका छन् र धेरै पहिरो गएका बालीको प्रकोप व्यवस्थापन निकायले एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै

काठमाडौँ, १९ असोज । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २०.४८ अंकले घटेर २५६६.७६

काठमाडौँ, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु

काठमाडौँ, १९ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार