कतारमा इजरायली हवाई आक्रमण

काठमाडौँ, २५ भदौ । कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणमा हमासका कम्तीमा पाँच सदस्य मारिएका छन् । तर हमासले आफ्नो वार्ता टोलीलाई लक्षित गरिएको हत्या प्रयास भने असफल भएको दाबी गरेको छ ।

हमासका अनुसार अमेरिकी प्रस्तावमा आधारित गाजामा युद्धविरामबारे छलफल चलिरहेको बेला दोहाको एक आवासीय कम्पाउन्डमा आक्रमण भएको हो । विस्फोटका कारण भवन क्षतिग्रस्त भएको जनाइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो आक्रमणलाई ‘पूर्णतया न्यायोचित’ भन्दै यसले २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको आक्रमण आयोजना गर्ने हमास नेताहरूलाई लक्षित गरेको बताए ।

कतारले भने सो आक्रमणलाई ‘कायरतापूर्ण’ र ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ भन्दै कडा निन्दा गरेको छ। कतारी गृह मन्त्रालयका अनुसार एक सुरक्षा अधिकारी मारिएका छन् र केही घाइते भएका छन् । तर हमास सदस्यबारे भने केही उल्लेख गरिएको छैन ।

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई ‘दुर्भाग्यपूर्ण’ भने पनि हमासको अन्त्य ‘उचित लक्ष्य’ भएको बताएका छन् । कतार अमेरिकाको प्रमुख सहयोगी देश हो, जहाँ ठुलो अमेरिकी हवाई अड्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा

काठमाडौँ, २० असोज । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्