यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ : राजेश हमाल

काठमाडौँ, २३ भदौ । अभिनेता राजेश हमालले वर्तमान राजनीतिक सन्दर्भमा टिप्पणी गर्दै नेपाली भएकोमा आफूले लाज महसुस गरिरहेको बताएका छन् ।

फेसबुक पोस्टमार्फत उनले युवालाई आशालाग्दो भविष्य दिन नेतृत्व असफल भएको बताएका छन् । उनले लेखेका छन्, ‘ हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौ, उनीहरुको वर्तमान समेत खोसिरहेका छौं । म विदेश यात्रा गर्दैछु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ ।’

राजनीतिक र सामाजिक मुद्दामा कमै टिप्पणी गर्ने हमालले सोमबार फेसबुकमार्फत यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व

काठमाडौँ, २ असाेज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको

काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक