व्यक्तिगत स्वार्थभन्दामाथि उठ्न नसकेको मेरो देश : पारस खड्का

काठमाडौँ, २३ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले ‘जेनजी’ प्रदर्शनमा सरकारले गरेको दमनप्रति सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।

सचिव पारसलेआज प्रशासनको चरम दमनबाट प्रदर्शनकारीको मृत्यु भएपछि श्रद्धाञ्जली व्यक्त गर्दै सबै क्षेत्रमा निराशा रहेको बताए ।

पारसले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो देश, नामको देश । जता हेरे, त्यतै निराशा, कामभन्दा भाषण बढी, गलत र सही मूल्यांकन नभएको सामाजिक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थभन्दामाथि उठ्न नसकेको मेरो देश । मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली । सहिद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु सहिद हुनु हो भने, हामी सबै धेरैअघि नै सहिद भइसकेका छौँ । निशब्द,” ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि