जेन-जी आन्दोलनमा अनमोल केसीको ऐक्यबद्धता

काठमाडौँ, २३ भदौ । अभिनेता अनमोल केसीले सोमबार जेन-जी पुस्ताले आयोजना गर्ने जनाइएको ‘आन्दोलन’मा ऐक्यबद्धता जनाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै केसीले सामाजिक संजालमा रोक लगाउने सरकारी कदमको आलोचना गरेका छन् ।

उनी लेख्छन्, ‘ हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं । सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।’  ‘ नेपालको नागरिकको रूपमा, म मेरा जनताको आवाजलाई बेवास्ता गर्न सक्दिन । हामीलाई संसार र एकअर्कासँग जोड्ने सामाजिक सञ्जाल प्लेटफर्ममा हालैका प्रतिबन्धहरू गहिरो रूपमा चिन्ताजनक छन् । रचनात्मकता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारलाई कहिल्यै चुप लगाउनु हुँदैन । आउनुहोस्, एकता, शान्ति र दृढ संकल्पका साथ उभिऔं, जहाँ आवाजहरू सुनिन्छन्, अवरुद्ध होइन ।’

अहिले विभिन्न समूहले सेयर गरिरहेको सोमबार हुने भनिएको ‘जेन-जी आन्दोलन’को पोस्टर पनि सेयर गरेका छन् । ‘आवाज उठाउने पुस्ता, जेन–जेडको संघर्ष, भोलिको भेला हाम्रो भविष्य’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७