अमेरिकामा ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ

एजेन्सी, २२ भदौ । अमेरिकाको जर्जिया सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानाबाट चार सय ७५ जना आप्रवासी कामदार पक्राउ परेका छन् ।

अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्युरिटीअन्तर्गत अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट)ले छापा मारेको हो । जसमध्ये धेरैजसो दक्षिण कोरियाली कामदार रहेका छन् ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले आफ्ना नागरिक तीन सयको सङ्ख्यामा रहेको पुष्टि गरेको छ । घटनापछि दक्षिण कोरियाली सरकारले अवैध रूपमा आफ्ना नागरिक त्यहाँ काम गरिरहेकोमा दुःख व्यक्त गरेको छ भने आफ्ना नागरिकलाई लक्षित गरी भएको छापाप्रति चिन्ता जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले घटनाबारे आवश्यक कदम चाल्न निर्देशन समेत दिनुभएको दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले जनाएको छ । यो मामिला थप बुझ्नका लागि एक टोली गठन गरिएको र आवश्यक परे अमेरिकामै पुगेर त्यहाँका अधिकारीहरूसँग भेटघाट गर्ने दक्षिण कोरियाका उच्च अधिकारीको तयारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरु अवैध विदेशी रहेका बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर