रिलिज भएको केही घण्टामै ‘बागी ४’ लिक

मुम्बई, २१ भदौ । साजिद नाडियाडवालाको सुपरहिट फ्रान्चाइजीको नयाँ भाग ‘बागी ४’ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । 

टाइगर श्राफको करियरकै महत्वपूर्ण फिल्म मानिएको यस चलचित्र रिलिज भएको केही घण्टामै फिल्म अनलाइन लिक भएपछि यसले बक्स अफिस कलेक्सनमा ठुलो असर पार्ने अनुमान गरिएको छ ।

पछिल्ला रिपोर्टहरू अनुसार बागी ४ एचडीमै विभिन्न पाइरेसी साइटमा उपलब्ध भएको छ, जसले दर्शकलाई नि:शुल्क हेर्ने अवसर दिएको छ । यस्ता घटनाले कुनै पनि फिल्मको व्यापारमा नकारात्मक असर पार्ने भएकाले निर्माता–निर्देशकलाई ठुलो धक्का लागेको छ ।

ए. हर्ष निर्देशित फिल्म बागी ४ ले रिलिजअघि नै राम्रो कमाइ गरेको थियो। रिपोर्टअनुसार हिजोसम्म फिल्मले अग्रिम बुकिङमार्फत करिब ५ करोड रुपैयाँ कमाइसकेको थियो । साकनिल्कको सुरुवाती व्यापार अनुमान अनुसार पहिलो दिनमै बागी ४ ले पहिलो दिन करिब १० करोड रुपैयाँसम्म कमाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व

काठमाडौँ, २ असाेज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको

काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक