बंगलादेशका विभिन्न ठाउँमा तोडफोड र आगजनी

एजेन्सी, २१ भदौ । बंगलादेशमा भएको हिंसात्मक घटनाले जनजीवन अस्तव्यस्त बनेको छ ।

भारतको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार शुक्रबार भएका दुई भयानक उग्र इस्लामी भिडले एक आध्यात्मिक व्यक्तिको शव जलाएर चिहान अपवित्र बनाएको छ ।

अर्कोतर्फ, एक समूहले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगको सहयोगी जातीय पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरेको छ ।

आफूलाई ‘मोनोइथिस्टिक जनसमूह’ बताउने मानिसहरूले पश्चिमी राजबाडी जिल्लामा शुक्रबारको नमाजपछि सुफी दरविश नूरा पगलाको चिहानबाट शव निकालेर जलाएका थिए । पगलाको निधन भएको करिब दुई हप्तापछि यो घटना भएको हो ।

नूरा पगलाका अनुयायी र इस्लामी कट्टरपन्थीबीच भएको झडपमा एक व्यक्तिको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरीका गाडी र स्थानीय प्रशासनिक प्रमुखको गाडीमा पनि आगजनी गरिएको थियो ।

अधिकारीहरूका अनुसार, कम्तीमा २२ जना घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार गरिएको छ र चारजनालाई गम्भीर चोट लागेकाले फरिदपुरको ठूलो अस्पतालमा पठाइएको छ ।

घटनापछि अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसको कार्यालयले विज्ञप्ति जारी गर्दै हमलाकारीमाथि कडा कारबाही गर्ने आश्वासन दिएको छ । विज्ञप्तिमा यस हमलालाई अमानवीय र निन्दनीय भनिएको छ ।

अर्को घटनामा, शुक्रबार साँझ राजधानी ढाकाको पुरानो पलटन इलाकामा जातीय पार्टी (जेपी) को कार्यालयमा आगजनी गरिएको छ । यो घटना गोनो अधिकार परिषद्का नेता नुरुल हक नूरलाई एक हप्ताअघि सेना र प्रहरीको कारबाहीमा गम्भीर चोट लागेपछि भएको हो ।

गोनो अधिकार परिषद्लाई गत वर्षको जुलाई विद्रोह नामक आन्दोलनको एक हिस्सा मानिन्छ, जसले ५ अगस्ट २०२४ मा हसिना सरकारलाई अपदस्थ गरेको थियो ।

ढाका प्रहरीका अनुसार, शुक्रबार साँझ जेपी कार्यालयमा आगजनी गोनो अधिकार परिषद्का कार्यकर्ताले गरेका थिए ।

यद्यपि, परिषद्का महासचिव राशेद खानले यी आरोपहरू अस्वीकार गर्दै आफूलाई हमलाकारीबारे थाहा नभएको बताएका छन् । खानले जातीय पार्टी आवामी लिगको सहयोगी पार्टी भएको र नरसंहारमा संलग्न रहेको पनि बताए । उनले यदि सरकारले यो पार्टीलाई प्रतिबन्ध लगाएको र यसका अध्यक्ष जीएम कादरलाई पक्राउ गरेको भए यो अवस्था टार्न सकिन्थ्यो भन्ने विचार व्यक्त गरे ।

ढाकाका उपप्रहरी आयुक्त मसूद आलमले गोनो अधिकार परिषद्का कार्यकर्तालाई तितरबितर पार्न प्रहरीले तीनवटा साउन्ड ग्रेनेड र वाटर क्याननको प्रयोग गरेको बताए ।

मिडिया रिपोर्टअनुसार, आगजनी हुनु ठीकअघि पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी र त्यसका सहयोगी संगठनका कार्यकर्ताले नजिकै र्‍याली गरेका थिए ।

यी घटनामाथि अन्तरिम सरकार र युनुसको कार्यालयले कुनै प्रतिक्रिया दिएका छैनन् । गत शुक्रबारको तुलनामा यस पटक सेना हिंसास्थलबाट टाढा रहेको देखियो । द विक

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति