अमेरिकामा सयौँ दक्षिण कोरियाली नागरिक पक्राउ

एजेन्सी, २१ भदौ । अमेरिकी राज्य जर्जियामा रहेको हुन्डाईको एक कारखानाबाट झन्डै ५०० जनालाई पक्राउ गरिएको छ ।

अमेरिकी अध्यागमन अधिकारीहरूले गरेको छापामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये अधिकांश कोरियाली नागरिक छन् ।

यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा कार्यस्थलमा गरिएको सबैभन्दा ठूलो छापा मानिएको छ । एक वर्षदेखि सञ्चालनमा रहेको कारखाना कोरियाली कम्पनीले विद्युतीय सवारीसाधन निर्माण गर्न बनाएको थियो ।

जवाफमा दक्षिण कोरियाले छापाप्रति ‘चिन्ता र खेद’ व्यक्त गरेको छ । उसले अमेरिकी सरकारलाई आफ्ना नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरेको छ । तर, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले ‘गैरकानुनी रोजगारी अभ्यास र अन्य गम्भीर संघीय अपराध’ गरेकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

“यो धेरै महिनादेखि चलिरहेको आपराधिक अनुसन्धान थियो । सुरुमा हामीले प्रमाण संकलन गर्‍यौँ, अन्तर्वार्ता लिएर कागजातहरू भेला गर्‍यौँ । त्यसपछि अदालतबाट खोजी वारेन्ट प्राप्त गर्नका लागि प्रमाण प्रस्तुत गरेका थियौँ,” होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्सका विशेष एजेन्ट स्टिभ श्रेन्कले भने ।

पछिल्लो छापाले अमेरिकाको महत्त्वपूर्ण सहयोगी राष्ट्रसँगको सम्बन्धमा पनि तनाव उत्पन्न गर्न सक्ने बीबीसीले जनाएको छ ।तर, राष्ट्रपति ट्रम्पले पक्राउ परेकाहरू गैरकानुनी आप्रवासी भएको बताएका छन् । “यी (कामदार)हरू बाइडेनको समयमा आएका मानिसहरू हुन् । उनीहरू गैरकानुनी रूपमा आएका थिए,” ट्रम्पको भनाइ छ ।

अध्यागमन अधिकारीहरूका अनुसार, यस कारबाहीमा अवैधरूपमा अमेरिकामा रहेका वा गैरकानुनीरूपमा काम गरिरहेका ४७५ जनालाई हिरासतमा लिइएको छ । उनीहरूलाई जर्जियाको फोल्कस्टनमा रहेको यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)को एक सुविधा केन्द्रमा राखिएको छ ।

हिरासतमा लिइएकामध्ये ३०० जना कोरियाली नागरिक रहेको बताइएको छ । एक विज्ञप्तिमा, हुन्डाई मोटर कम्पनीले आफूले ‘स्थितिको नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति बुझ्नका लागि काम गरिरहेको’ बताएको छ । “हाम्रो बुझाइअनुसार हिरासतमा लिइएका कोही पनि हुन्डाईका प्रत्यक्ष कर्मचारी होइनन्,” कम्पनीले भनेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति