नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित

काठमाडौँ, १९ भदौ । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमै पराजित भयो । ताजकिस्तानका मुहम्मद अली अजिजबोइभले दुई तथा रहमतजोदा रहमतशो र शरिपोभ डालेरले समान एक गोल गरे ।

योसँगै समूह ‘के’ मा रहेको ताजकिस्तानले छनोटको सम्भावना बलियो बनाएको छ । नेपाललाई भने यो छनोट कठिन हुने देखिएको छ । खेलको शुरूवाती समयदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राख्यो । पहिलो हाफमा एक गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थप्यो ।  

अब नेपालले शनिवार दोस्रो खेलमा सिरियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार