नेतन्याहूद्वारा बेल्जियमका प्रधानमन्त्रीलाई कमजोर नेताको आरोप

एजेन्सी, १९ भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको निन्दा गर्दै आफ्ना बेल्जियमका समकक्षीलाई ‘कमजोर नेता’ को संज्ञा दिएका छन् ।

“इजरायलसँगको सहकार्यलाई बलिदान दिएर इस्लामिक आतङ्कवादलाई खुसी पार्न चाहने बेल्जियमका प्रधानमन्त्री (बार्ट) डे वेभर एक ‘कमजोर नेता’ साबित हुनुभएको छ । उनले बेल्जियमलाई खानुअघि गोहीलाई खुवाउन चाहनुहुन्छ,” नेतन्याहूको कार्यालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेको छ।

अस्ट्रेलिया, क्यानडा र फ्रान्सले पनि प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको घोषणा गरेपछि बेल्जियमले यसै महिना संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको छ ।

बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘एक्स’ मा एक पोस्ट गर्दै गाजामा भइरहेको मानवीय त्रासदीलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएका छन् । 

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोटरिचले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अन्तर्राष्ट्रिय कदमपछि कब्जा गरिएको पश्चिम किनाराको केही भागलाई गाभिनुपर्ने बताएका छन् । 

गाजामा आफ्नो करिब दुई वर्ष लामो अभियान अन्त्य गर्न देश तथा विदेशमा बढ्दो दबाबका बावजुद इजरायलले हालै गाजा सहर कब्जा गर्ने आधार तयार पार्दै अभियानलाई तीव्र बनाएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा अनिकालको घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति