न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, १८ भदौ । संवैधानिक इजलासले न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ । 

अधिवक्ता यज्ञमणि न्यौपानेले न्याय परिषद् संशोधन नियमावली खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

संवैधानिक इजलासले विपक्षीहरुको सबै लिखित जवाफ पेस भइसकेकाले पूर्ण सुनुवाइका लागि पेस गर्न भनेको  हो । न्याय परिषद् नियमावली संशोधनका लागि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा दुई पक्षबीच छलफल भएको थियो । संवैधानिक इजलासले अन्तरिम आदेश दिनुपर्ने ठहर गर्दै पूर्ण सुनुवाइका लागि पेस गर्न भनेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो