कृषिमन्त्री अधिकारी र डब्लूएफपी नेपाल प्रतिनिधि लोधीबीच भेटवार्ता

काठमाडौँ, १८ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) नेपालका प्रतिनिधि रियाज लोधीले भेटवार्ता गरेका छन् ।

आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक हकमा राखेको उल्लेख गर्दे नेपालको खाद्य अधिकार र पोषणको क्षेत्रमा डब्लूएफपी मार्फत हुँदै आएको सहयोग सह्रानीय रहेको र आगामी दिनमा थप प्राथमिकता तय गरी मन्त्रालय र कार्यक्रमबीच सहकार्य गर्न सकिने बताए ।

‘प्रत्येक नागरिकले स्वस्थ र पोषणयुक्त खाना खान पाउनुपर्ने नैसर्गिक अधिकारको सुनिश्चतताका लागि खाद्य पदार्थको नियमित उपलब्धता र पहुँच सुनिश्चत गर्न विश्व खाद्य कार्यक्रमले गरेको सहयोग निरन्तर हुनेछ भन्ने मैले अपेक्षा गरेको छु,’ मन्त्री अधिकारीले भने ।

१६औं पञ्चवर्षीय योजना, कृषि विकास रणनीति २०७२–९२, राष्ट्रिय पोषण रणनीति २०७७ लगायत नीतिगत दस्तावेजमा खाद्य पदार्थमा पौष्टिक तत्व स्तरोन्नति गर्ने तथा स्थानीय रैथाने खानेकुरा प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकतासाथ समेटेको उल्लेख गर्दे मन्त्री अधिकारीले यसको कार्यन्वयनका लागि पनि मन्त्रालय र मातहत निकायमा डब्लूएफपीको निरन्तर सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर