पाकिस्तानको क्वेटामा विस्फोट, १३ जनाको मृत्यु

इस्लामावाद, १८ भदौ । पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएपी)को र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ३१ जना घाइते भएका छन् ।

बैठक सकिएपछि बैठक स्थलबाट केही टाढा आफ्नो साथीलाई पर्खिरहेका समयमा अचानक ठूलो विस्फोट भएको विस्फोटका घाइते जमान बलोचले बताए । विस्फोट पछि धेरै मानिसहरू भुइँमा लडिरहेको आफूले देखेको अनि चारैतिरबाट चिच्याइरहेको आवाज आइरहेको पनि उनले बताएका थिए । 

यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले भने । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मी पनि मारिएको उनको भनाइ थियो । 

राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गरेका छन् । विस्फोट मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य भएको उनको भनाइ थियो । ‘आतंककारीहरूको अपवित्र योजनालाई हरेक हालतमा विफल पारिएको छ’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै