जनताको घरदैलोमा फोरजी, एआई प्रयोग गर्न फाइभजी: मन्त्री गुरुङ

ललितपुर, १७ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआई प्रयोग गर्न फाइभजी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिनुभएको छ । 

ललितपुरमा सोमबार नेपाल टेलिकम (एनटिसी)ले आयोजना गरेको आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटर्वक व्यापक बनाउन पनि आग्रह गर्नुभएको छ । उहाँले काठमाडौँ र पोखराबाट फाइभजीको विस्तार गर्ने पनि बताउनुभयो । त्यसैगरी, नेपाल टेलिकम जनताको अति आवश्यक र महत्त्वपूर्ण सेवाप्रदायी संस्था भएकाले कार्य सम्पादनमा संवेदनशीलता अपनाउनु पर्ने सुझाव दिनुभयो ।

उहाँका अनुसार सरकारको डिजीटल फ्रेमवर्क (डिएनएफ) को उद्देश्य पूरा गर्न, डिजीटल सुशासन विस्तार गर्न, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साउथ एसियामै फाइभजी नेटवर्क प्रयोग भइसकेको छ, हामी निकैपछि परेका छौँ ।  प्रधानमन्त्री र मबिच फाइभजी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा