इन्डोनेसियाका राष्ट्रपतिद्वारा सांसदको सुविधा कटौतीको घोषणा

एजेन्सी, १६ भदौ । इन्डोनेसियामा आर्थिक कठिनाइको विरोधमा भएको प्रदर्शनमा कम्तीमा पाँच जनाको मृत्यु भएपछि सरकारले आइतबार सांसदहरूको आर्थिक सुविधा कटौती गरेको छ ।

राष्ट्रपति प्रबोवो सुबियान्तोले विरोध प्रदर्शन निस्तेज पार्ने प्रयासमा सांसदहरूको आर्थिक सुविधा कटौतीको घोषणा गरेका हुन् ।

दक्षिणपूर्वी एसियाको सबैभन्दा ठुलो अर्थतन्त्र इन्डिोनेसियालाई हालैका दिनहरूमा प्रमुख शहरहरूमा भएका विरोध प्रदर्शनहरूले अस्थीर बनाएको छ । 

देशले आर्थिक समस्याको सामना गरिरहेका समय सांसदहरूको लागि आकर्षक सुविधाहरू दिइएको भन्दै सडकमा आवाज बुलन्द बनेपछि सरकारले सांसद्हरूको सुविधा कटौती गरेको हो । 

एक भाडाको मोटरसाइकल चालकलाई जानाजानी प्रहरीको गाडीले ठक्कर दिएको श्रव्य दृश्य विरोधमा प्रदर्शनका क्रममा प्रचारमा आएपछि आन्दोलन थप आक्रामक बनेको बताइएको छ ।

राष्ट्रपति प्रबोवो सुबियान्तोले सांसद सुविधाबापत दिइएको रकम कटौतीको घोषणा गर्दै भने, “संसद्को नेतृत्वले सांसदहरूको भत्ताको रकम र विदेश भ्रमणहरूमा रोकसहित धेरै नीतिहरू रद्द गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर