गाजा सिटीमा फेरि आक्रमण तीव्र पार्दै इजरायल

एजेन्सी, १५ भदौ । इजरायलले गाजा सिटीमा आक्रमण तीव्र पार्ने घोषणा गरेको छ ।

२३ महिना लामो युद्धपछि पनि हमासले सुरुङमार्फत गतिविधि जारी राखेको आशंका रहेकाले आक्रमण तीव्र पार्न लागिएको इजरायलको दाबी छ ।

इजरायलले उत्तरी गाजाका केही भागमा मानवीय सहायता प्रवाहलाई सुस्त पार्ने वा पूर्णरूपमा रोक्ने चेतावनी दिएको छ । इजरायलले दक्षिणी क्षेत्रबाट लाखौँ बासिन्दालाई हटाउने तयारी गरिरहेकाले गाजाको उत्तरी भागमा सहायता ट्रकको आवतजावत कम गर्ने एक अधिकारीले बताएका छन् ।

इजरायलले शुक्रबार गाजा सिटीलाई युद्ध क्षेत्र घोषणा गर्दै यसलाई हमासको गढ बताएको थियो । लगभग २३ महिना लामो युद्धका बाबजुद यहाँ सुरुङहरूको सञ्जाल अझै पनि प्रयोगमा रहेको इजरायलको आरोप छ । हालैका दिनहरूमा इजरायली सेनाले सहरको बाहिरी इलाकामा आक्रमण तीव्र पारेको छ । शुक्रबार राति गाजामा कैयौँ ठूला विस्फोट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर