नेपालले अभ्यास खेलमा साउथ अस्ट्रेलियालाई हरायो

काठमाडौँ, १४ भदौ । नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए) सँगको एकदिवसीय अभ्यास खेल जितेको छ ।

आज भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको दुई सय ४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित एक सय एक रन बनाए । एक सय ६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमा २ सय ४२ रनमा अलआउट हुँदै नेपाललाई दुई सय ४३ रनको लक्ष्य दिएको थियो ।

टप एन्ड टी–२० सिरिज सकिएपछि भएको अभ्यास टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग पराजित भएको थियो । आउँदो विश्वकप छनोटको तयारीका लागि नेपाली टोली अस्ट्रेलिया भ्रमणमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार