जर्मनीमा नयाँ हतियार कारखाना सञ्चालन

एजेन्सी, १३ भदौ । रुससँगको युद्धले युरोपेली देशको शस्त्र भण्डार घट्दै गएको अवस्थामा जर्मनीमा नयाँ कारखाना सञ्चालनमा आएको छ ।

यो कारखाना युरोपकै सबैभन्दा ठूलो हतियार उत्पादन केन्द्र दाबी गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

पाँच वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको यो कारखाना एक वर्ष आठ महिनामै निर्माण सम्पन्न भएको हो । अहिले यसले एक सय ५५ मिलिमिटरका गोला बारुद उत्पादन गर्न थालिसकेको खबरमा उल्लेख छ ।

कारखानाका प्रमुख कार्यकारी अधिकृत आर्मिन पाप्परगरले महत्त्वपूर्ण काम भएको बताउनुभएको छ । उहाँले यस वर्षभित्रै युक्रेनलाई २५ हजार गोला बारुद आपूर्ति गर्ने वाचा गर्नुभएको छ । सन् २०२७ सम्म यो कारखानाले तीन लाख ५० हजार गोलाबारुद उत्पादन गर्ने लक्ष्य राखिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर