साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, १२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा तीन विकेटको हार व्यहोरेको छ ।

बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । साउथ  अस्ट्रेलियाका विन्टरले ३६ रन बनाए । होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन जोडे । नेपालका सोमपाल कामीले तीन विकेट लिए । नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका भीम सार्कीले ३२ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए ।

साउथ अस्ट्रेलियाका थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई विकेट लिए । म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए ।

नेपालले आजै साउथ अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्ने तालिका छ । गएको मंगलबार नेपालले दुई अभ्यास खेलमा क्रिकेट एसीटीविरुद्ध क्रमशः ४१ र ६ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो