‘कमर्सियल शो’मा क्यामेरा र बुमलाई रोक लगाउने

काठमाडौँ, १२ भदौ । मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्नो देशभरका हलमा ‘कमर्सियल शो’को क्रममा क्यामेरा र बुम प्रवेशलाई रोक लगाउने निर्णय गरेको छ ।

हलले बुधबार विज्ञप्ति जारी गर्दै दर्शकको गोपनियतालाई सम्मान गर्दै यस्तो निर्णय गर्नुपरेको जनाएको छ ।

हलले विज्ञप्तिमा भनेको छ, ‘विगत केही समयदेखि फिल्मसँग सम्बन्धित केही पत्रपत्रिका, युट्युब च्यानल, टेलिभिजन कार्यक्रमसँग सम्बन्धित पत्रकार प्रदर्शन भएका फिल्मसँग सम्बन्धित विभिन्न प्रश्न सोध्ने क्रममा फिल्म हेर्न बाधा पुग्ने तथा आफ्नो गोप्यता भंग हुने सम्मका विभिन्न गुनासा दर्शकबाट पटक पटक आएको कुरालाई मध्यनजर राखि अब उप्रान्त विभिन्न विशेष कार्यक्रमजस्तै प्रिमियर, गीत रिलिज, ट्रेलर रिलिज आदिजस्ता आमन्त्रण गरिएका कार्यक्रममा बाहेक अन्य कुनैपनि कमर्सियल शोमा आउने दर्शकलाई क्यामेरा, बुम तेर्साएर प्रश्न सोध्ने कुरालाई पूर्णरुपले बन्देज गरिएको जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका