साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ, ९ भदौ । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा हिजो बङ्गलादेशसँग पराजित भएको छ । भूटानको थिम्पुमा भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो ।

यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ । समान खेलमा छ अङ्कसहित बङ्गलादेश दोश्रो स्थानमा छ । भारत नौ अङ्कसहित शीर्ष स्थानमा छ ।

यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा