सिनेमा हलमा अझै ‘म्यानुअल’ टिकट बिक्री

काठमाडौँ, ७ भदौ । सिनेमा हलमा अझै पनि म्यानुअल टिकट बिक्री हुने गरेको पाइएको छ ।

चलचित्र विकास बोर्डले गरेको अनुगमनका क्रममा म्यानुअल टिकट बिक्री गरेको फेला गरेको हो । 

साउन २९ गतेदेखि भदौ ४ गतेसम्म काठमाडौँ उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न जिल्लामा बोर्डले बक्सअफिस प्रणालीको अनुगमन गरेको थियो । 

बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पालगायत जिल्लाका ६० वटा चलचित्र घर अनुगमन गर्दा दुई वटा हलमा म्यानुल टिकट बिक्री गरेको पाइएको हो । 

बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गरेकाले ती हललाई नियमानुसार कारबाही हुने बोर्डले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका