गोविन्दाकी पत्नी सुनिताले दिइन् सम्बन्धविच्छेदको निवेदन

काठमाडौँ, ७ भदौ । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्धविच्छेदको लागि बान्द्रा फेमिली कोर्टमा निवेदन दिएकी छिन् । 

भारतीय संचारमाध्यमका अनुसार आहुजाले डिभोर्स पेपरमा गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध राखेको र क्रूरताको आरोप लगाएकी छन् ।

भारतका प्रतिष्ठित मिडियाले सुनिताले अदालतमा डिभोर्स पेपर फाइल गरेको खबर छापेका छन् । यद्यपि, गोविन्दा निकट स्रोतहरूले भने मिडिया रिपोर्टको खण्डन गरेका छन् ।

रिपोर्टअनुसार, सुनिताले हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१)(आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी छिन् ।

पारिवारिक अदालतले मे २५ मा गोविन्दलाई बोलाएको थियो र जुनदेखि, दुवैजना मुद्दा समाधान गर्न प्रयासरत रहेको समेत जनाइएको छ । सुनिता अदालतमा उपस्थित हुँदै आएकी छिन्, जबकि गोविन्द अदालतमा पुगेका छैनन् ।

गोविन्दको नजिकको स्रोतले दैनिक भास्करसँगको कुराकानीमा यी रिपोर्टलाई अस्वीकार गरेको छ । गोविन्दका म्यानेजरले यी रिपोर्ट केवल अफवाहहरू मात्र भएको स्पष्ट पारेका छन् ।

६ महिना अगाडि पनि गोविन्दा र सुनिता सम्बन्धविच्छेदको खबरले घेरिएका थिए । सुनिताले सम्बन्धविच्छेद मागेको र दुवै लामो समयदेखि छुट्टाछुट्टै बसिरहेको खबर आएको थियो ।

त्यतिबेला पनि ६१ वर्षीय गोविन्दाको एक मराठी अभिनेत्रीसँग अफेयर रहेको खबर आएको थियो । त्यतिबेला पनि अभिनेताका म्यानेजर र नजिकका साथीले सम्बन्ध विच्छेदको खबरलाई अफवाह भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका