इजरायलको भोकमरी सिर्जना गर्ने नीति छैन : नेतन्याहु

एजेन्सी, ७ भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका केही भागमा अनिकाल परेको संयुक्त राष्ट्रसङ्घको समर्थनमा जारी गरिएको घोषणाको शुक्रबार निन्दा गरेका छन् । 

नेतन्याहुले रोमस्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण पहलका लागि काम गर्ने संस्था (इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ) लाई उद्धृत गर्दै आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “आइपिसीको रिपोर्ट स्पष्ट रूपमा झुट छ ।”

युद्धको समयमा गाजा पट्टीमा मानवीय सहायता वितरण गरिएको उल्लेख गर्दै उनले भने, “इजरायलको भोकमरी सिर्जना गर्ने नीति छैन।”

यसअघि, संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको थियो ।  मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर