एजेन्सी, ६ भदौ । दक्षिण अमेरिका र अन्टार्टिकाको ड्रेक प्यासेजको बिचमा ७ दशमलव ५ तीव्रताको भूकम्प बिहीबार गएको छ ।
यति ठुलो भूकम्पपछि पनि सुनामीको कुनै खतरा भने नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले भनेको छ । अमेरिकाको भुगर्व सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता सुरुमा ८ तीव्रताको भनेको थियो । भूकम्प जमिनबाट ११ किमि तल गएको बताइएको छ ।
भूकम्पको धक्का ७०० किमी भन्दा धेरै र रहेको अर्जेन्टिनाको उशुआइआ सम्म महसुस भएको बताइएको छ । चिलिको नेभी हाइड्रोग्राफिक सर्भिसले आफ्नो अन्टार्टिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो ।
यसअघि गएको मे महिनामा यही क्षेत्रमा ७ दशमलव ५ तीव्रताको भूकम्प गएको थियो ।







