आजदेखि हलमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’

काठमाडौँ, ६ भदौ । फ्राइडे रिलिजमा तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।

आज एकै दिन चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ प्रदर्शनमा आएका हुन् ।

यी तीनमध्ये सबैभन्दा धेरै ‘माग्ने राजा’ले शो पाएको छ । चलचित्र ‘जनै हराएको मान्छे’मा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । हिमाल न्यौपानेले निर्देशन गरेका छन् । 

‘माग्ने राजा’मा केदार घिमिरे मुख्य भूमिकामा छन् । कमेडी जानरामा रहेको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । 

मुनाल घिमिरेको निर्माण रहेको चलचित्रमा केदारसँगै वर्षा राउत मुख्य भूमिकामा छिन् । नरेन्द्र मैनालीले खिचेको सिनेमालाई आरआर फिल्मसले वितरण गर्नेछ । सिनेमामा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद छ । 

‘ताराहरू’लाई आशान्त शर्माले निर्देशन गरेका छन् । यो चलचित्रले मध्यमवर्गीय परिवारले सहरमा गर्ने संघर्षको कथा उठान गरेको छ । 

सिनेमाको मुख्य भूमिकामा निर्देशक आशान्त शर्मा र अभिनेत्री मेनुका प्रधान छन् । सिनेमामा अन्य कलाकारहरूमा आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ