स्वस्तिमा खड्का ‘ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेस नियुक्त

काठमाडौँ, ५ भदौ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा नियुक्त गरेको छ ।

कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रतिवद्धता दोहोर्‍याउँदै स्वस्तिमासँगको सहकार्यलाई निरन्तरता दिने घोषणा गरेको हो ।

पुनः नियुक्तिप्रति खुशी व्यक्त गर्दै खड्काले भनिन्, “मैले ईसेवा मनि ट्रान्सफरसँग सुरुवाती दिनदेखि नै सहकार्य गर्दै आएकी छु। यस यात्राले मलाई नेपालका धेरै स्थान र विदेशसम्म पुग्ने अवसर दिएको छ। त्यहाँ मैले नेपालीहरूको पीडा र खुसी दुवैलाई नजिकबाट महसुस गर्न पाएँ। यो यात्रालाई निरन्तरता दिन पाउनु मेरो लागि निकै उत्साहजनक कुरा हो ।”

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ