‘माग्ने राजा’लाई अस्ट्रेलियामा सय शाे

काठमाडौँ, ४ भदौ । भदौ ६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा पनि रिलिज हुने भएको छ ।

अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टका अनुसार चलचित्रले विभिन्न हलमा एक सय शाे पाएको छ । बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शाेको आधारमा हेर्दा चलचित्रले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताए ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्येनजर गरेर पर्याप्त शाे सहित रिलिज हुन लागेको बताइन् । उनका अनुसार अस्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन थालेका छन् । 

फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका