क्यानडाको आर्थिक सूचकाङ्कमा सुधार

एजेन्सी, ४ भदौ । क्यानडाको वार्षिक मुद्रास्फीति दर जुलाई महिनामा घटेर १.७ प्रतिशतमा पुगेको छ । यो गिरावट मुख्यतः पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका कारण भएको बताइएको छ ।

स्ट्याटिस्टिक्स क्यानडाका अनुसार,“इरान र इजरायलबिचको युद्धविरामपछि कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण पेट्रोलको मूल्य ०.७ प्रतिशतले घटेको छ । यस घटनाले मध्यपूर्वमा सम्भावित युद्धको जोखिम कम भएको सङ्केत दिएको छ ।”

जुन महिनामा मुद्रास्फीति दर १.९ प्रतिशत थियो । त्यस बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण केही वस्तु, विशेषतः सवारी साधनहरूको मूल्यमा वृद्धि देखिएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुआतसँगै क्यानडामाथि भन्सार शुल्क लगाउन थालेपछि केही विश्लेषकहरूले मुद्रास्फीति दर उच्च हुने सम्भावनाको बारेमा चिन्ता व्यक्त गरेका थिए । उनीहरूले केन्द्रीय बैङ्क ब्याजदर पुनः बढाउन बाध्य हुन सक्ने चेतावनीसमेत दिएका थिए । 

तर जुलाई महिनाको तथ्याङ्कले ती भन्सार शुल्कहरूको प्रभाव धेरै वस्तुहरूमा अपेक्षाकृत न्यून देखाएको छ ।

डेजार्डिन्स संस्थाका विश्लेषक रोयस मेंडेसका अनुसार, “पछिल्ला मुद्रास्फीति दरले हाम्रो अनुमानलाई पुष्टि गर्छ, जसअनुसार धेरै भन्सार–सम्बन्धित मूल्य वृद्धिहरू मार्च र अप्रिल महिनामै भइसकेका थिए ।”

उनले थप स्पष्ट पार्दै भने, “हालका मूल्य प्रवृत्तिहरूले देखाउँछन् कि ती वस्तुहरूको मूल्य वृद्धिदर अहिले सामान्य अवस्थामा फर्कँदै गएको छ ।”

मुद्रास्फीति दर सुरक्षित दायरामा रहेकोले, क्यानडाको केन्द्रीय बैङ्कले आगामी सेप्टेम्बर महिनामा ब्याजदरमा पुनः कटौती गर्ने सम्भावना रहेको मेंडेसको भनाइ छ । बैङ्कले पछिल्ला तीन बैठकमा ब्याजदर अपरिवर्तित राख्दै आएको थियो ।

प्रधानमन्त्री मार्क कार्नीले यसअघि अगस्त महिनाको सुरुआतमा जानकारी गराउँदै क्यानडा–अमेरिका बिचको करिब ८५ प्रतिशत व्यापार अहिले पनि दुई देशबिच शुल्करहित रूपमा सञ्चालन भइरहेको भनेका थिए । ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत रहेका वस्तुहरूमा कर छुट कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन

हुम्ला, २१ सोज । गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा