ट्रम्पसँगको वार्ता सकारात्मक : जेलेन्स्की

एजेन्सी, ३ भदौ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।

जेलेन्स्कीले ट्रम्पसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन् । ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, “वार्ता राम्रो र सामान्य भयो।” उनका अनुसार, बैठकमा उनले ट्रम्प र युरोपेली नेताहरूसँग मिलेर युक्रेनका लागि सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए ।

जेलेन्स्कीले ट्रम्पबाट युक्रेन पनि यस्ता सुरक्षा प्रत्याभूतिमा समावेश हुने महत्त्वपूर्ण सङ्केत प्राप्त गरेको बताए । उनले युद्ध अन्त्यका लागि पुटिनसँग जुनसुकै स्वरूपको बैठक गर्न युक्रेन तयार रहेको पनि स्पष्ट पारे ।

जेलेन्स्कीले युद्ध अन्त्यका प्रयासका लागि ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन पक्षीय वार्तामा सहभागी हुन तयार रहेको बताएका छन् ।

वासिङ्टन पुगेका जेलेन्स्कीले व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी तीन पक्षीय वार्ताका लागि तयार छौँ।” उनका अनुसार, यस्तो वार्ता युक्रेन–रुस युद्धको समाधान खोज्न महत्त्वपूर्ण अवसर प्रदान गर्न सक्छ र यसले सङ्घर्षबाट पीडित नागरिकहरूलाई राहत दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन

हुम्ला, २१ सोज । गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा