‘मोहर’को कमाइ ३ करोड ७ लाख ग्रस

काठमाडौँ, १ भदौ । पल शाह स्टारर फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइलाई निरन्तरता दिइरहेको छ ।

प्रदर्शनको १० दिन आज अपरान्ह ४ बजेर १५ मिनेटसम्म यो फिल्मको कूल कलेक्सन ३ करोड ७ लाख रुपैयाँ ग्रस छ ।

फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ बताइएको छ । यसो हो भने, लगानी उठाउन हलबाट मात्र फिल्मले ४ करोड हाराहारीमा कमाउनुपर्छ । अरु विन्डोबाट भने फिल्मले लगानी सुरक्षित गरेको जनाइएको छ ।

विहिबारदेखि प्रदर्शनमा आएका दुई भारतीय फिल्म ‘वार २’ र ‘कुली’ले पनि ‘मोहर’लाई खासै असर नपारेको देखिएको छ । फिल्मको दोस्रो सप्ताहन्तको कमाइ आकर्षक नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका