‘शार्क ट्यांक नेपाल’का एपिसोड अब ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा हेर्न सकिने

काठमाडौँ, १ भदौ । लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का एपिसोडहरूलाई ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा समेत हेर्न पाइने भएको छ ।

‘शार्क ट्यांक नेपाल’का पछिल्ला दुई एपिसोड १३ र १४ लाई भारतको सोनी टिभीले ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा अपलोड गरेको छ ।

‘शार्क ट्यांक’को नेपालको आधिकारिक प्रसारण संस्था हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार ‘शार्क ट्यांक नेपाल’का अघिल्ला र आगामी एपिसोड पनि ‘शार्क ट्यांक इन्डिया’का युट्युब च्यानलमा आउनेछन् ।

उनका अनुसार प्राविधिक कारणले पछिल्ला एपिसोड हिमालय टिभीको युट्युबमा आउन नसकेपनि आउने सातादेखि भने दर्शकले हिमालय टिभीकै युट्युब च्यानलमा निरन्तर हेर्न पाउनेछन् ।

‘केही प्राविधिक कारण थियो । आउने सातादेखि हिमालय टिभीकै युट्युब च्यानलमा दर्शकले हेर्न पाउनुहुनेछ । साथै, शार्क ट्यांक इन्डियामा पनि हेर्न पाउनुहुनेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका