युद्धविरामको जिम्मा अब जेलिन्स्कीको हातमा: राष्ट्रपति ट्रम्प

अलास्का, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन् ।

शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबीच त्रिपक्षीय बैठक हुने संकेत गरे । सम्झौता शुक्रबार टुङ्गिन नसके पनि उनले वार्तालाई सफल ठहर गर्दै बैठकलाई १० मध्ये १० अङ्क दिए—‘यो अर्थमा कि हामी निकै राम्रोसँग मिल्यौँ ।’

ट्रम्पले भने, ‘हामी युद्ध अन्त्यको धेरै नजिक छौँ, तर अन्ततः युक्रेनले यसमा सहमत हुनुपर्छ । सम्झौता गर्नै पर्छ । अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो । हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने बैठकको तयारी गर्दैछौँ ।’

ट्रम्पका अनुसार, पुटिनसँगको वार्तामा युक्रेन युद्ध अन्त्य गर्नका लागि भूमि अदलाबदली र अमेरिकाबाट युक्रेनका लागि सुरक्षा आश्वासन दिने विषयमा ‘धेरैजसो सहमति’ भएको छ। उनले भने, ‘हामी धेरै कुरामा सहमत भएका छौँ, बैठक न्यानो माहौलमा भयो।’ उनले पुटिनलाई उनले ‘बलियो र कडा नेता’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर