ग्रामीण दूरसञ्चार विकास कोष परियोजना सुरु गर्न सम्झौता

काठमाडौँ, ३१ साउन । ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रयोग गरी गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने  परियोजनाका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लि.बिच सम्झौता भएकोछ । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सो सम्झौता भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणको तर्फबाट अध्यक्ष भुपेन्द्र भण्डारी र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तर्फबाट निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानले सम्झौतामा हस्ताक्षर गरी सम्झौता आदान प्रदान गर्नुभयो । 

लामो समयदेखि रोकिएको परियोजनालाई यतिबेला पुनः सुचारु गर्ने उद्देश्यसाथ एनसिसँग सम्झौता गरिएको भण्डारीले बताउनुभयो । उहाँले सम्झौताअनुसार तीन वर्षभित्र एनटीसिले लुम्बीनी र गण्डकी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने समयसीमा निर्धारण गरिएको जानकारी दिनुभयो । साथै, यो परियोजनाका लागि लगभग २ अर्ब १ करोड अनुमानित रकम लाग्ने भनिएको छ । उहाँले नेपालमा कुनै पनि ग्रामीण इलाकामा नेटवर्क छैन भने इमेलमार्फत एनटिएलाई जानकारी गराए तुरुन्तै नेटवर्क पुगाउन सकिने व्यवस्था गरिएको बताउनुभयो । 

आरटिडिएफ परियोजना पूर्ण रुपमा लागू गराउन एनटीए सक्रिय हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सरकारको डिजीटिल नेपाल फ्रेमवर्कको उद्देश्य पूरा गर्न उक्त परियोजना महत्वपूर्ण आधार हुने उहाँको धारणा थियो । त्यस्तै, एनटिसिका निमित्त प्रबन्ध निर्देशक प्रधानले ब्रोडबैंक अप्टीकल फाइबर ९ वर्षदेखि निरन्तर विस्तार हुँदैआएको बताउनुभयो । 

लुम्बीनि र गण्डकी प्रदेशमा २३ वटा जिल्लामा फाइबर विस्तार हुने उहाँले बताउनुभयो । गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गत रहेका सम्पूर्ण १९४ स्थानीय तहका केन्द्रहरुमा करिब एक हजार ९०० किलोमिटर अप्टिकल फाइबर सूचना महामार्ग सहप्रयोग हुनेगरी दूरसञ्चार विकास गर्नु परियोजनाको उद्देश्य रहेको प्रधानले बताउनुभयो । 

कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले परियोजना सुरु मात्रै गर्नु सार्थक नभएको भन्दै यसलाई तोकिएको समयमै पूरा गर्न निर्देशन दिनुभयो । “परियोजना सुरु गर्नुमात्रै सार्थकता होइन, यसलाई समयमै पूरा गर्नुपर्नेमा जोड दिनुपर्छ” अर्यालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष