शिल्पा र राज कुन्द्रामाथि ६० करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दर्ता

काठमाडौँ, २९ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि ६० करोड रुपैयाँ ठगीको आरोप लागेको छ ।

यस सम्बन्धमा मुम्बईस्थित आर्थिक अपराध शाखाले शिल्पा र राजविरुद्ध ६० करोड ४० लाख भारु ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेका छन् । उनीहरूमाथि मुम्बईका एक व्यापारीलाई ठगी गरेको आरोप छ । 

अभिनेत्री र उनका पतिविरुद्ध जुहू प्रहरी स्टेसनमा ठगी र जालसाजीको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको समाचारमा उल्लेख छ ।

यद्यपि, यसमा संलग्न रकम १० करोड रुपैयाँभन्दा बढी भएकोले मुद्दा आर्थिक अपराध विभागमा हस्तान्तरण गरिएको छ । दीपक कोठारीले दर्ता गरेको भनिएको उजुरीको प्रारम्भिक अनुसन्धानपछि यो सम्पूर्ण मुद्दा दर्ता भएको हो । दीपक कोठारी जुहूका निवासी र लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज नाम  गरेको इयटा एनबीएफसीका निर्देशक हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ