मुम्बई प्रहरीद्वारा कपिलको सुरक्षा बढाउने निर्णय

काठमाडौँ, २८ साउन । भारतीय कमेडियन कपिल शर्माको क्यानडामा रहेको उनको क्याफेमा दुई पटक गोली चल्यो । 

यसबाहेक, ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहबाट कपिललाई खुलेआम धम्की पनि आयो । यी सबै घटनाहरूलाई विचार गरेर मुम्बई प्रहरीले कपिलको सुरक्षा बढाउने निर्णय गरेको छ । क्यानडामा रहेको कपिलको क्याफेमा दोस्रो पटक गोली चलेपछि यो निर्णय आएको हो । 

पहिलो पटक भएको गोलीबारीको जिम्मेवारी खालिस्तानी आतंककारी हरजीत सिंह लाडीले लिएका थिए । दोस्रो गोलीबारीको घटनाको जिम्मेवारी ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहले लियो । अगस्ट ७ मा भएको आक्रमणको ग्याङ्स्टर गोल्डी ढिल्लनले खुलेआम जिम्मेवारी लिएका थिए । सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर उनले कपिललाई धम्की पनि दिएका थिए ।

‘जय श्री राम, सत श्री अकाल, सबै दाजुभाइलाई राम–राम । आज कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीबारीको जिम्मेवारी गोल्डी ढिल्लनले लिएका छन्, उनी ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित छन् । हामीले उनलाई फोन गरेका थियौँ । तर कुनै जवाफ पाएनौं । त्यसैले हामीले उनीविरुद्ध एक्शन लिएका छौं । उनले फेरि पनि प्रतिक्रिया दिएनन् भने, हामी मुम्बईमा उनको विरुद्ध कारबाही गर्नेछौं,’ पोष्टमा लेखिएको थियो । 

यी सारा धम्की र आक्रमणहरूले उनको सुरक्षाबारे गम्भीर चिन्ताहरू उठाएका छन् । जसका कारण मुम्बईका स्थानीय अधिकारीहरूले द्रुत कारबाही गरेका छन् । कपिलको क्याफेमा दोस्रो आक्रमण हुनुभन्दा केही दिन अघि, सरे प्रहरीका अधिकारीहरू र मेयर खाजा खान कपिलको क्याफेमा पुगेका थिए । यसको भिडियो कपिलले सामाजिक सञ्जालमा शेयर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका