प्लास्टिक प्रदूषण अन्त्यका लागि युरोपेली सङ्घ तयार

एजेन्सी, २८ साउन । युरोपेली सङ्घले प्लास्टिक प्रदूषण अन्त्यका लागि विश्वव्यापी सन्धिमा सहमति जनाउन तयार रहेको स्पष्ट पारेको छ, तर अन्यायपूर्ण वा अविचारित सम्झौता आफूलाई मान्य नहुने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा जिनेभामा भइरहेको बहुपक्षीय वार्ता अब दुई दिनमै टुङ्ग्याउनु पर्ने चरणमा पुगेको छ । यस्तो अवस्थामा युरोपेली सङ्घका वातावरण आयुक्त जेसिका रोस्वालले तेल उत्पादक मुलुक र प्लास्टिक नियन्त्रणको पक्षमा रहेका देशहरूबिच अब सहमतिको समय आएको बताइन् ।

उनले भनिन्,“हामी प्लास्टिक प्रयोग गर्छौँ र भविष्यमा पनि यसको आवश्यकता हुनेछ, तर प्लास्टिक प्रदूषणलाई सहन सकिँदैन । त्यसैले अब यस समस्यालाई यथाशीघ्र अन्त्य गर्नुपर्छ ।”

दुई पक्षबीच अझै ठूलो मतभेद रहेको देखिएको छ । साउदी अरेबिया, कुवेत, रसिया र इरान जस्ता तेल उत्पादन गर्ने देशहरू मिलेर बनेको समूहले सन्धि केवल फोहोर व्यवस्थापनमा सीमित राख्नुपर्ने अडान राखेका छन् । तर युरोपेली सङ्घसहित अन्य राष्ट्रहरू भने प्लास्टिकको उत्पादनमा नै नियन्त्रण गर्नुपर्ने र विषाक्त रसायनहरूको प्रयोग क्रमशः बन्द गरिनुपर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, २० असोज । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति

काठमाडौँ, १९ असोज । आज बसेको मन्त्रिपरषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता