काठमाडौँ, २७ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राई जोर्डनको इतिहाद क्लबमा अनुबन्ध भएकी छन् ।
कम उमेरमै आफ्नो खेलकुद यात्रामा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएकी प्रीतिले घरेलु टोली एपीएफ क्लबबाट करिअर सुरु गरेकी थिइन् ।
सन् २०२३ मा उनले भारतको किकस्टार्ट एफसीमा खेलेर अन्तर्राष्ट्रिय अनुभव बटुलेकी थिइन्। अब उनले जोर्डनको इतिहाद क्लबमा अनुबन्धित हुँदै आफ्नो व्यवसायिक करिअरको नयाँ अध्याय सुरु गरेकी हुन् ।






